उत्तर प्रदेशको पटाखा कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

भारतको उत्तर प्रदेशको शामली जिल्लाकाे कैराना कस्बेमा रहेको पटाखा कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

प्रहरी र प्रशासनिक अधिकारी समयमै घटनास्थलमा पुगेका थिए । आगलागी नियन्त्रण गर्न निकै गाह्राे परेको थियो । 

कारखानामा अवैध तरिकाले पटाखा बनिरहेको एक अधिकारीले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार विष्फोट निकै शक्तिशाली थियो कि वरपरका पसलका ढोका र झ्याल हल्लिएका थिए । 

गत साल शामली जिल्लाको काधला कस्बेमा यसैगरी भएको विष्फोटमा धेरै जनाले ज्यान गुमाएका थिए ।


 





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार ९:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया