चुरेका पहिरो पीडितको दुई वर्षदेखि त्रिपालमुनि बास

कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीमा छन् । दुई वर्षअघि गएको पहिरो पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन् ।

पहिरोबाट प्रभावितले सरकारले आफूहरूलाई सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । वैज्ञानिक मापदण्डविपरित बर्सेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ ।

पहिरोको कारणले गाउँ नै विस्थापित भइरहेका छन् । चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायतका गाउँमा पहिरोका कारण गाउ नै  विस्थापित हुन थालेका हुन् । 

चुरेका विभिन्न बस्तीमा पहिरो जान थालेपछि त्यहाँका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन् । अहिले सबै विस्थापित घर विहीन बन्दै गएका छन् । गाउँमा बस्न सक्ने अवस्था नभएपछि केही सडकमै बसिरहेका छन् ।

पहिरो प्रभावित परिवारहरूलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । यता सरकारले विस्थापतिहरूको बारेमा केही नगरेको स्थानीयले आरोप लगाएका छन् । ​गत वर्ष आएको पहिरोका कारण पट्रेनि, गुणीका ३ सय परिवार विस्थापित भएका छन् ।

यस्तै, भदौ ९ र १० गतेको  भारी वर्षाका कारण चुरे गाउँपालिका-५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरू बढी प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्तीहरू पहिरोको उच्च जोखिममा छन् ।





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १३:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया