करीना कपूर भइन् ट्रोल, फ्यानले भने– यति घमण्ड किन ?

बलिउड नायिका करीना कपूर एकपटक फेरी ट्रोलको शिकार भएकी छन् । उनको एक भिडियो पापराजीले सार्वजनिक गरेपछि उनलाई ट्रोल बनाइएको हो । 

भिडियोमा करीना घरबाट निक्लेर गाडीमा बस्छिन् । उनको हातमा कफी थियो । त्यसैबखत उनलाई नजिक रहेका सुरक्षा गार्डले स्यालुट गर्छन् । तर करीनाले उनलाई बेवास्ता गर्छिन् । त्यसपछि उनलाई ट्रोल गरिएको हो । 

करीनाको यो भिडियो उनको फ्यान पेजबाट पनि सेयर गरिएको छ । ‘तपाईंलाई जुन गार्डले सलाम गरिरहेका थिए उसलाई किन ध्यान दिनु भएन । यति घमण्ड किन ?,’ एक फ्यानले भिडियो हेरेपछि प्रतिक्रिया जनाएका छन् । 

धेरै फ्यानले करीनाले गार्डलाई बेवास्ता गरेर गल्ती गरेको प्रतिक्रिया जनाएका छन् । केही फ्यान भने करीनाको बचाउ समेत गरेका छन् । सलाम गरेको नदेखेर करीनाले कुनै प्रतिक्रिया नजनाएको ती फ्यानहरुको बुझाई छ । 

करिना छिट्टै आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिँदै छिन् । फिल्म सन् २०२२ को भ्यालेन्टाइन डेमा रिलिज गर्ने तयारी गरिएको छ । 





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १४:१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया