माल्दिभ्स ट्रिपमा रुबीना दिलैक, रेड बिकिनीले बढायो ‘हीट’

भारतीय टेलिभिजनकी संस्कारी वुहारी तथा बिग बोस–१४ की बिजेता रुबीना दिलैकले एक पटक फेरी सामाजिक सञ्जालमा चर्चा बटुलेकी छन् । उनले यो चर्चा उनको ‘बोल्ड सेक्सी लुक’का कारण पाएकी हुन् । 

हाल उनी पति अभिनव शुक्लाको जन्मदिन मनाउन माल्दिभ्समा छिन् । माल्दिभ्सबाट उनले सार्वजनिक गरेको आफ्नो बिकिनी लुकले अहिले सामाजिक सञ्जालको तापक्रम बढाएको छ । रुबीनाले माल्दिभ्सबाट लगातार आफ्ना बोल्ड तस्विर सामाजिक सञ्जालमा सेयर गरिरहेकी छन् । 

सेयर गरेको फोटोमा रुबीनाले रातो रंगको टू–पीस बिकिनी लगाएकी छन् । तस्विरमा उनी समुद्री किनारमा रमाइरहेको देखिन्छ । सनग्लास, स्कार्फ, नेकपीस लगाएकी रुबिनाको तस्विरलाई उनको फ्यानहरुले निकै रुचाएका छन् । 

रुबीना छिट्टै बलिउडमा डेब्यु गर्दैछिन् । उनी पलाश मुच्छलको नयाँ फिल्म ‘अर्ध’मा देखिने छिन् । 
 





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १५:३२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया