लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै

बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ । 

गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भिसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । 

अहिले आन्तरिक पर्यटकको साथै विदेशी पर्यटक आउन थालेका छन् । लुम्बिनी विकास कोषको सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटकको संख्या अहिले न्युन भए पनि नेपाल सरकारले अनअराइभल भीसा दिन सुरु गरेकाले अब पर्यटकको आगमन बढ्ने बताए । 

नेपाल सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरि भ्रमणमा आउनेको ब्यबस्थापन गरिने  जानकारी सदस्य सचिव शाक्यले दिए । 

‘कोरोना संक्रमण कम भएपछि नेपाल सरकारले निषेधाज्ञालाई खुकुलो बनाएर मठमन्दिर खोल्न क्रम सुरु भएको छ । हामीले पनि साउन महिनादेखि लुम्बिनी खुला राखेका छौं । मन्दिर खुला भएसँगै धार्मिक पर्यटनका लागि आन्तरिक पर्यटक आउन सुरु  भएको छ । कोरोना संक्रमण कम भएपनि संक्रमणको जोखिम कायमै भएकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउने गरेका छौं,’ सदस्य सचिव शाक्यले बताए । 

लुम्बिनी विकास कोषले  विश्व पर्यटन दिवसको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको दाबी उनले गरे । लुम्बिनीलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्नका लागि कोषले कोरोना विकास निर्माण, सरसफाई र मर्मत सम्भारको काम निरन्तर रुपमा गरिरहेको छ । 



‘मायादेवी मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरेका छौं । आन्तिरिक पर्यटन आउन सुरु भएपनि पहिलाको तुलनामा धेरै कम संख्यामा आइरहनुभएको छ र यसलाई गति दिनुपर्छ । हामी आशा गर्छाैं नेपाल सरकारले अनअराइभल भिसा दिन सुरु गरिसकेको छ र दशैं, तिहार जस्ता चाडपर्व पनि आएकाले आन्तरिक तथा बाह्य पर्यटक बढ्नेछन्,’ सदस्य सचिव शाक्यले भने । 

कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरुको मर्मत तथा सरसफाइको काम गरिरहेको छ । पर्यटकलाई आकर्षित गर्न लुम्बिनी विकास कोषमात्र नभइ यहाँका होटल व्यवसायीहरुले पनि काम गर्नुपर्ने देखिन्छ । 



  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १६:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया