एनभिए कप भलिबलको उपाधि आर्मीलाई

छैटौँ संस्करणको एनभिए कप महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले उचालेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको फाइनलमा आर्मीले साबिक विजेता हेल्प नेपालमाथि ३–१ सेटको जित हात पारेको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेट २६–२४ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–१७ले गुमायो । उसले तेस्रो सेट २५–१८ र निकै रोमाञ्चक बनेको चौथो सेट ३३–३१ ले जित्दै उपाधि उचालेको हो ।

उपाधिसँगै आर्मीले ४ लाख प्राप्त गर्दा उपविजेता बनेको हेल्प नेपालले २ लाखमा चित्त बुझायो ।
 
नेपाल एपिएफ क्लबलाई हराउँदै तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ प्राप्त गर्यो । 





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १८:२०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया