आगामी डेढ वर्ष एमालेविरुद्ध भण्डाफोर गर्न पार्टी कार्यकर्तालाई प्रचण्डको निर्देशन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेविरुद्ध भण्डाफोर गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। 

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले नेता–कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने दाबी गरे । 

अबको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयताविरोधी रहेको भन्दै जनतामा जान पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिँदै उनले 
त्यसो भयो भने जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने उनको निष्कर्ष थियो । 

अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नुपरेको बताए । अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको भन्दै त्यसो गरियो भने एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी दिए।  

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा भएको विजयले आफू खुसी भएको भन्दै उनले 
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए।

एमालेसँग पार्टी एकता गर्नु सही भएको, तर केपी ओलीको जालझेल सहन नसकेपछि विद्रोह गर्नुपरेको उनले बताए ।





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १८:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया