मुम्बईलाई हराउँदै दिल्ली आइपिएलको प्लेअफमा

युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध दिल्ली क्यापिटल्स ४ विकेटले विजयी भएको छ ।

यो जितसँगै दिल्ली प्लेअफमा प्रवेश गरेको छ ।  आफ्नो १२ औँ म्याचमा मुम्बईले दिएको १३० रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

दिल्लीको जितमा श्रेयस अय्यरले अविजित ३३, कप्तान ऋषभ पन्तले २६, शिमरोन हेटमायरले १५, रविचन्द्रन आश्विनले नटआउट २०, पृथ्वी शाले ६, शिखर धवनले ८, स्टिभ स्मिथ र अक्षर पटेलले ९/९ रनको योगदान दिए ।  

बलिङमा नाथन-कल्टर नाइल, जसप्रीत बुमराह, कृणाल पाण्ड्या, जयन्त यादव र ट्रेन्ट बोल्टले एक/एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनायो । 

उसका लागि सूर्यकुमार यादवले ३३, क्विन्टन डिककले १९, हार्दिक पाण्ड्याले १७, सौरभ तिवारीले १५, कृणाल पाण्ड्याले अविजित १३ र जयन्त यादवले ११ रन बनाए । 

रोहित शर्मा (७), किरोन पोलार्ड (६), नाथनकल्टर नाइल (१) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा आवेश खान, अक्षर पटेलले तीन/तीन, एनरिक नोर्टजे र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए ।     
 





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १९:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया