प्रिमियर लिग : सहज जित निकाल्दै चेल्सी शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा चेल्सी विजयी भएको छ । उसले १० खेलाडीमा सीमित साउथह्यामटनमाथि ३-१ को जित हात पारेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन ट्रेभो चालोभ, टिमो वार्नर र बेन चिलवालले १-१ गोल गर्दा साउथह्यामटनका लागि जेम्स वार्डले १ गोल फर्काए । 

खेलको नवौं मिनेटमा चालोभको गोलमार्फत् चेल्सीले अग्रता लिएको थियो । ६१औं मिनेटमा वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्यामटनलाई बराबरीमा ल्याए ।

७७औं मिनेटमा वार्डले रातो कार्ड बेहोर्दै मैदान छाड्दा साउथह्यामटन १० खेलाडीमा सीमित बन्यो ।

८४औँ मिनेटमा वार्नर र ८९औं मिनेटमा चिलवालले गोल गर्दै चेल्सीको जित पक्का गरे ।

जितसँगै चेल्सी ७ खेलबाट १६ अंकका साथ शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट ४ अंक जोडेको साउथह्यामटन १७औं स्थानमा छ । 



लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा लिड्स युनाइटेडले वाटफोर्डमाथि १-० र उल्भ्सले न्युकासल युनाइटेडमाथि २-१ को जित दर्ता गर्दा आर्सनलले ब्राइटनसँग गोलरहित बराबरी खेल्यो ।  
 



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ७:१७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया