रामकृष्ण ढकालको ‘माछीले चलायो पानी’मा दिलिप र गरिमाकाे अभिनय

गायक रामकृष्ण ढकाल नयाँ गीत लिएर स्रोतामाझ आएका छन् । पछिल्लो पटक उनको स्वरमा ‘माछीले चलायो पानी’ बोलको गीत सार्वजनिक भएकाे हो। सार्वजनिक गीतमा गायक ढकालसँग गायिका अन्जु पन्तले गायनमा सहकार्य गरेकी छन् ।

गीत ऋषिराम देवकोटाले लेखेका हुन् । गीतमा आलोकश्रीको संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा अभिनेता दिलिप रायमाझीले अभिनय गरेका छन् । दिलिपसँग मोडल गरिमा शर्माले स्क्रिन सेयर गरेकी छन् । भिडियोमा प्रेमी-प्रेमिकाले मिलनको क्षण सम्झिएर कल्पिएको मिठास प्रस्तुत गरिएको छ । प्रेमिका भेट्न हिँडेका दिलिप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको केमेस्ट्री जमेकाे देखिन्छ।

गुञ्जन इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन छ । म्युजिक भिडियो निर्देशन मौसम हिमालले गरेका हुन् ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ७:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया