इपिएल : आज दुई खेल हुँदै, जित्नै पर्ने दबाबमा ललितपुर

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा आइतबार दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने पहिलो खेलमा  विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स-११ बीच प्रतिस्पर्धा हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्दै प्ले अफको सम्भावनालाई कायम राख्न चाहन्छ । काठमाडौं २ खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।

करण केसी कप्तानीमा रहेको विराटनगर लगातार ४ पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । उ काठमाडौँलाई हराउँदै सान्त्वना जित दर्ता गर्ने सोचमा हुनेछ।

यस्तै दिउँसो साढे १ बजे सुरु हुने दोस्रो खेलमा चितवन टाईगर्स र ललितपुर प्याट्रियट्सले एक अर्काको सामना गर्नेछन् । 

सोमपाल कामी कप्तान रहेको चितवन आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ । प्ले अफमा पुगिसकेको उ लगातार तेस्रो जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ । 



कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने ललितपुर प्ले अफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाबमा छ । उ ४ खेलमा ३ अंक जोड्दै चौंथो स्थानमा छ।  



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ७:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया