पाकिस्तानका दिग्गज कलाकार उमर शरिफको निधन

पाकिस्तानका दिग्गज कलाकार उमर शरिफको निधन भएको छ । लामो समयसम्म पाकिस्तानी कमेडी थिएटरमा आफ्नो दबदबा कायम गरेका शरिफको ६६ वर्षको उमेरमा जर्मनीमा निधन भएको हो । 

उनी हृदयरोगसहित विभिन्न रोगबाट पीडित थिए ।

शरिफकी साली उम्बरीनका अनुसार उनी पछिल्लो चार दिनदेखि जर्मनीमा उपचार गराइरहेका थिए । उनमा निमोनिया र ज्वरो देखिएको थियो ।

उनकाे निधनमा राजनीतिज्ञ, कलाकार तथा खेलाडीहरूले श्रद्धाञ्जलि दिएका छन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शरीफलाई श्रद्धाञ्जलि दिँदै ट्विटरमा लेखेका छन्, ‘उमर शरिफको निधनले म दुखी छु । म भाग्यमानी छु किनभने मलाई उनको साथ एसकेएमटी (शौकत खानुम मेमोरियल ट्रस्ट)का लागि चन्दा उठाउने क्रममा जाने मौका मिल्यो । उनी दिग्गज कलाकारमध्येका एक थिए । उनको कमी महसुस हुनेछ । उनको परिवारप्रति मेरो प्रार्थना र समवेदना छ ।’





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ९:५७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया