इपिएल : विराटनगरले दियो काठमाडौंलाई १०५ रनको लक्ष्य

एभरेस्ट प्रिमियर (इपिएल) मा विराटनगर वारियर्सले काठमाडौँ किंग्स ११  समक्ष १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनायो ।

विराटनगरका लागि अनिल शाहले अविजित ४५ रनको योगदान दिए । १६ बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । 

रायन पठानले ३०, कप्तान करण केसीले १५ रन जोडे । 

काठमाडौंका गुल्सन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट हात पार्दा २ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

वर्षाका कारण मैदान हिलाम्मे भएकाले टसमा ढिलाइ हुँदा खेललाई ८ ओभरमा झारिएको हो । 




 



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १२:३५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया