कांग्रेसका शीर्ष नेता डडेल्धुरामा, सभालाई सम्बोधन गर्ने

नेपाली कांग्रेसका केन्द्रीय शीर्ष नेताहरू पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका छन् ।

आइतबार बिहान केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे डडेल्धुरा पुगेका हुन् ।

जिल्लाको पार्टी कार्यालय किसुनजी भवनमा १० दिनदेखि कार्यकर्ता अनसनमा बसेका छन् । क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन खारेजको माग गर्दै उनीहरूले रिले अनसन सुरु गरेका हुन् । 

पार्टी केन्द्रीय सभापति देउवाले हस्तक्षेप गरेर अवैधानिक वडा र पालिका अधिवेशन गराएको भन्दै सो अधिवेशन बदर गरी नयाँ मिति तोक्नुपर्ने माग राखेर जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले अनसन गरिरहेका छन् ।

अनसनमा एक्यबद्धता जनाउँदै डडेल्धुरा बसपार्कमा आयोजना भइरहेको कार्यकर्ता भेलालाई तीनैजना नेताले सम्बोधन गर्ने पार्टीका जिल्ला उपसभापति करुणाकर भट्टले जानकारी दिए । 

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८०४ जनाको नामावली पठाएकोमा ४६० जनाको नाम हटाइदिएको आरोप उक्त पक्षले लगाएको छ । यस्तै आफू अनुकूलका ३१२ जना थपिएको हुँदा विवाद सृजना भएको भन्दै आएका छन् ।



देउवा निकट पक्षले भने कर्ण मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको बताउँदै आएका छन् । डडेल्धुरामा पनि वडा र पालिका स्तरको निर्वाचान भने सम्पन्न भइसकेको छ । उनीहरूले निर्वाचन समितिका प्रतिनिधिले सम्पन्न गरेको वडा तथा पालिका अधिवेशन नै वैधानिक भएको बताइरहेका छन् ।



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १२:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया