इपिएल : विराटनगरको पहिलो जित, काठमाडौँ ७ रनले पराजित

एभरेस्ट प्रिमियर (इपिएल)अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर वारियर्स विजयी भएको छ । उसले काठमाडौँ किंग्स-११ माथि ७ रनको जित हात पारेको हो ।
 
विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँले निर्धारित ८ ओभर नै ब्याटिङ गरे पनि ३ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि रहमानुल्लाह गुरबाजले २८, अविजित रहेका सुवास खकुरेलले २६ र राजु रिजालले २४ रनको योगदान दिए ।

विराटनगरका रायन पठानले २ र प्रतिस जिसीले १ विकेट हात पारे । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनायो ।

विराटनगरका लागि अनिल शाहले अविजित ४५ रनको योगदान दिए । १६ बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । 

रायन पठानले ३०, कप्तान करण केसीले १५ रन जोडे । 



काठमाडौँका गुल्सन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

वर्षाका कारण मैदान हिलाम्मे भएकाले टसमा ढिलाइ हुँदा खेललाई ८ ओभरमा झारिएको हो ।



लिगमा पहिलो जित दर्ता गरेको विराटनगरले ५ खेलबाट २ अंक जोडेर अन्तिम स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । 

हारसँगै ३ खेलबाट २ अंक जोड्दै पाँचौ स्थानमा रहेको काठमाडौँको प्ल अफ सम्भावना कठिन बनेको छ । 

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १३:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया