चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत जारी खेलमा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्स सामु १०९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन जोडेको थियो ।
ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रनको योगदान दिएका थिए । १४ औँ ओभरको अन्तिम बलमा साहब आलमले राजेश पुलामी मगरबाट क्याच गराउनुअघि उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
सान्दुन विराकोडीले १४, अविजित रहेका सूर्य तामाङले ११ र ललितनारायण राजवंशीले ९ रन जोडेका थिए ।
चितवनका कमलसिंह ऐरीले ३, सागर ढकाल र करिम जन्नतले समान २ तथा साहब अलामले १ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।