इपीएलः  चितवनको लगातार चौंथो जित, ललितपुरको प्ले अफ सम्भावना कमजोर

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा चितवन टाइगर्स विजयी भएको छ । उसले ललितपुर प्याट्रियट्समाथि ५ विकेटको जित निकालेको हो । 

ललितपुरले दिएको १०९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । 

चितवनका लागि मोहम्मद शहजादले सर्वाधिक ३५, भिम सार्कीले २७ र दिलिप नाथले अविजित १६ रनको योगदान दिए । 

ललितपुरका अजमतुल्लाह ओमरजाई र रिजन ढकालले समान २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट हात पारे । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ९ गुमाउँदै १०८ रन बनाएको थियो । 

उसका लागि जयकिसन कोल्सावालाले सर्र्वाधिक ४२ रनको योगदान दिए । १४औँ ओभरको अन्तिम बलमा साहब आलमले राजेश पुलामी मगरबाट क्याच गराउनुअघि उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे । 



सान्दुन विराकोडीले १४,अविजित रहेका सूर्य तामाङले ११ र ललितनारायण राजवंशीले ९ रन जोडे । 

चितवनका कमलसिंह ऐरीले ३, सागर ढकाल र करिम जन्नतले समान २ तथा साहब अलामले १ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



यो नितजासँगै ४ खेलमा शतप्रतिशत जित हात पारेको चितवन ८ अंकका साथ शीर्ष स्थानमा कायम छ । 

५ खेलबाट ३ अंकका साथ चौथो स्थानमा रहेको ललितपुरको प्ले अफ सम्भावना भने कमजोर बनेको छ । 
 

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १७:२५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया