जर्मनीमा नेपाललाई चार स्वर्ण

जर्मनीमा भएको चेम्निज ओपन कराँते च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णका अलावा नेपालले थप २ कास्य पदक पनि जितेको छ । प्रतियोगितामा ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक जित्न सफल भएका हुन् । ​

मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जितेका छन् । उनले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेका हुन् । मण्डेकाजी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन् । 

सागकै कास्य विजेता मुकुन्द्र महर्जनले कुमुतेको पुरुष ७५ केजीमुनि कास्य तथा ३० वर्षमाथि स्वर्ण जितेका छन् । त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनियर एकल कातामा कास्य तथा आफ्नो उमेरसमूहमा स्वर्ण हात पार्न सफल भएको अफिसियल स्वच्छम् गुरुङले वानकारी दिए । 

अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको थियो ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १७:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया