जसले पार्टी छाडेर गए, हाम्रो सरकार ढाल्न लागे ती सबै हाम्रा विरोधी हुन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी छाडेर गएकाहरुलाई बिग्रिएका मान्छेको संज्ञा दिएका छन् । पार्टीको विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिँदै ओलीले आफूसँग भएकाहरु सप्रिएकाहरु भएको बताए । 

‘जो तपाईंसँग लडिरहेको छ त्यो विरोधी हो । जो तपाईंसँग लडेको छैन, सँगै काम गरेका छन्, त्यो मित्र हो । हाम्रो पार्टीका बिग्रिएका मान्छे को हुन्,  जो छोडेर गए । जो यहाँ छन् सप्रिएका हुन् भन्ने प्रमाण यहाँभन्दा केही चाहिन्छ ?’ ओलीले अघि भने,‘त्यसकारण हाम्रा विरोधी को हुन्–  जो हामीसँग लडिरहेका छन् । हाम्रो सरकार ढाल्न लागे । कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अग्रगमन र क्रान्तिकारिता हो भनेर गए ।’

ओलीले भने, ‘मान्छेहरु दुई कुराले आत्तिएका छन् । एउटा म बाँचेर आत्तिएका छन् । अब त बिरामी भयो, म्यानिन्जाइटिस भयो के भयो फेरि बाँच्यो भन्छन् ।’





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १७:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया