श्रीलंकाविरुद्धको खेल साफको निर्णायक मोड हो : किरण चेम्जोङ


नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध जित्नका लागि खेल्ने बताएका छन् ।

माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलअघि कप्तान किरणले स्पष्ट तीन अंकका लागि खेल्ने बताएका हुन् ।

नेपालले दोस्रो खेलमा सोमबार श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

‘श्रीलंकाविरुद्ध हामीले तीन अंकका लागि खेल्नेछौँ । मैले माल्दिभ्सविरुद्ध खेल्नुअघि पनि भनेको थिएँ, हामी गोर्खाली हौँ । हामी ९० मिनेटसम्मै जितका लागि संघर्ष गर्नेछौँ,’ कप्तान किरणले प्रिम्याच कन्फ्रेन्समा भने ।

कप्तान किरणले श्रीलंकाविरुद्ध तीन अंक प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘मलाई आफैँ तथा टिममाथि पूर्ण विश्वास छ कि भोलि हामीले खेल जित्नेछौँ र अंक ल्याउनेछौँ,’ उनले थपे, ‘भोलिको खेल महत्वपूर्ण खेल हो । यो प्रतियोगिताको लागि अर्को खुड्किलो हुनेछ ।’



नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो । श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । 



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १८:१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया