बझाङमा नयाँ निर्वाचन अधिकृत पठाउने केन्द्रीय निर्वाचन समितिको तयारी

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बझाङमा नयाँ निर्वाचन अधिकृत पठाउने तयारी गरेको छ । यसबारे छलफल गरेर निर्णय गर्न समितिको बैठक बसिरहेको छ ।

निर्वाचित समितिका सचिव तथा अधिवक्ता केशव रिजालले फरकधारलाई दिएको जानकारीअनुसार यसबारे छलफल गरेर आजै टुंगो लगाइने छ । 

यसअघि त्यहाँ तोकिएका चेतराज भट्टराईलाई निर्वाचन अधिकृत तोकिएको थियो । तर, उनी पछिल्ला केही दिन यता बेपत्ता भएका छन् । उनी सम्पर्कमा आउन नसकेपछि बझाङमा कांग्रेस महाधिवेशन प्रभावित बनेको छ ।

‘चेतराज भट्टजीलाई हामीले निर्वाचन गराउन खटाएका थियौं । उहाँ सम्पर्क विहीन हुनुभयो । पार्टीका नेताहरूबाट ‘प्रेसर’ भयो होला । हामीसँग पनि सम्पर्कमा नभएपछि नयाँ निर्वाचन अधिकृत पठाउनु पर्ने भयो,’ रिजालले भने ।

बझाङमा बिहीबार जिल्ला अधिवेशन उद्घाटन भएको हो । शनिबार भने जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गर्ने र आइतबार त्यहाँ मतदान गर्ने कार्यसूची प्रकाशित भएको थियो । तर, निर्वाचन अधिकृत बेपत्ता भएपछि यो कार्यतालिका प्रभावित बनेको छ ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १९:२५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया