कांग्रेसमा वडा सभापतिमा पराजित, ओलीसँग टिका लगाएर एमाले प्रवेश !

कांग्रेसको जारी महाधिवेशनमा वडा सभापतिमा नै पराजित भएका दार्चुलाका एक वडाध्यक्ष एमाले प्रवेश गरेका छन् ।

दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्षसमेत रहेका मंगलसिंह धामी नेकपा एमाले प्रवेश गरेका हुन् । काठमाडौंमा आज सकिएको एमालेको विधान महाधिवेशनमा उनी एमाले प्रवेश गरेका हुन् ।

यसअघि कांग्रेसको वडा अधिवेशनमा वडा सभापतिमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए ।

नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले दिएको जानकारीअनुसार धामी काठमाडौंमा अधिवेशनमा पुगेर ओलीबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् ।

यसअघि वडा सभापतिमा पराजित भएपछि धामीले आफूलाई कांग्रेसले सम्मान नगरेको बताउँदै आएका थिए ।

‘कांग्रेसले कार्यकर्ताको उचित मूल्यांकन गर्न सकेन,’ उनले फरकधारसँग भनेका छन्, ‘एमालेले गरेको विकास र एमालेको विचार मलाई मन पर्न थाल्यो, म एमाले प्रवेश गरेँ ।’





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार २०:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया