कांग्रेस काठमाडौंः काठमाडौं महानगरमा शाक्यको टिम विजयी

नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य विजयी बनेका छन् ।

आइतबार भएको निर्वाचन र आइतबार साँझ सकिएको मतगणनामा शाक्यको टिम विजयी भएको हो ।

शनिबारबाट काठमाडौं महानगरको अधिवेशन सुरु भएको हो । आइतबार मतदान भएको थियो । आइतबार विहान ९ बजेदेखि दुई बजेसम्म भएको मतदानमा १ हजार ३ सय ३९ मत खसेको थियो ।

काठमाडौं महानगरपालिकाको कांग्रेस सभापतिका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्यले उम्मेदवारी दिएका थिए । उनीहरुले आआफ्ना प्यानल बनाएर निर्वाचनमा होमिएका हुन् ।

रन्जित संस्थापन समूहका हुन् भने शाक्यलाई कांग्रेसमा रामचन्द्र पौडेल समूहले समर्थन थियाे ।

 





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार २०:३०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया