अन्तर्जातीय प्रेमकथामा डाँडाको वरपीपल

शोभित बस्नेतले निर्देशन गरेको चलचित्र ‘डाँडाको वरपिपल’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा जातका कारण एक प्रेमजोडीले भोग्नुपरेको अनेक दुःखलाई समेटिएको छ ।

ट्रेलरमा चलचित्रका शीर्ष कलाकार सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललगायत फिचर्ड छन् ।

काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन गरिएको फिल्म यही असोज २६ गते दशैँको अवसर पारेर रिलिज हुँदै छ । फिल्म ओटिटी प्लेटफर्ममा भने तिहारमा रिलिज हुनेछ ।

फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहेको छ ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार २०:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया