साफ च्याम्पियनसिप : लगातार दोस्रो जितको लक्ष्यमा नेपाल
फाइल फाेटाे

साफ च्याम्पियनसिपअन्तर्गत आज हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति पौने दश बजेबाट सुरु हुनेछ ।

श्रीलंकाविरुद्ध मैदान उत्रिँदा नेपालको लक्ष्य प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने हुनेछ । 

नेपालले पहिलो आयोजक राष्ट्र माल्दिभ्समाथि १-० को जित निकालेको थियो । उ ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। 

यता श्रीलंका भने पहिलो जितको खोजीमा छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

साफ अन्तर्गत सोमबार नै हुने पहिलो खेलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागी छन् । 



सबै टोलीले एक अर्काको सामना गर्नेछन् र शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । फाइनल खेल अक्टोबर १६ (असोज ३०) मा हुनेछ । 
 



  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार ८:११:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया