ताप्लेजुङकाे सभापतिमा संस्थापन पक्षका गजेन्द्र तुम्याहाङ निर्वाचित

नेपाली कांग्रेसकाे संस्थापन पक्षका उम्मेदवार गजेन्द्र तुम्याहाङ ताप्लेजुङको सभापति पदमा निर्वाचित भएका छन् । 

उनी प्रतिद्वन्द्वी छबिलाल गुरूङलाई पराजित गरी सभापति पदमा निर्वाचित भएका हुन् । गुरूङ संस्थापन इतरका हुन् ।

निर्वाचन समितिले जनाएअनुसार तुम्याहाङले ५८८ मत प्राप्त गरे । प्रतिद्वन्द्वी गुरूङले ४३० मत मात्रै प्राप्त गरे ।

उपसभापतिमा गणेशबहादुर लिम्बू (५३३ मत), डिल्लीरमण बराल (५२८ मत ), सचिवमा डम्बर हाङगाम ( ५५६ मत ), ईन्द्रकुमार ओझा ( ४४२ मत ),  सहसचिवमा तेजकुमार सुनुवार ( ६३८ मत ) र नन्दकुमार आङबुहाङ (४९४ मत) निर्वाचत भएका छन्  ।





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार ८:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया