दोलखा सभापतिमा लामा र खड्काबीच दोस्रो चरणमा प्रतिस्पर्धा

१४औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस दोलखाको सभापति पदमा फेरि निर्वाचन हुने भएको छ ।
 
पहिलो चरणमा ५१ प्रतिशत मत चारमध्ये कुनै उम्मेदवारले प्राप्त नगरेपछि फेरि निर्वाचन हुने भएको हो । 

दोस्रो चरणमा सभापतिमा प्रतिस्पर्धा बर्मा लामा र ताराकुमार खड्काबीच हुने भएको हो ।

लामाले पहिलो चरणमा कूल एक हजार ५४० मतमध्ये ६४३ मत प्राप्त गरेका छन् । खड्काले ३९७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

सर्वाधिक मत प्राप्त गर्ने लामा संस्थापनइतर पक्षका र खड्का संस्थापन पक्षका उम्मेदवार हुन् । 

दोस्रो चरणको प्रतिस्पर्धाका लागि निर्वाचन कतिबेला हुने भन्नेबारे दुवै उम्मेदवारलाई राखेर निर्वाचन समितिले छलफल गर्ने भएको त्यहाँबाट लालकुमार मोक्तानले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार ९:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया