नेपाली फिल्मी उद्योगमा अभिनेत्री अनु शाह र अभिनेता सविन श्रेष्ठको प्रेमको चर्चा भइरहन्छ । उनीहरूको प्रेमको चर्चा हुन थालेको लामै समय भइसक्यो । सविन र अनुको जोडीले आफ्नो प्रेम लुकाएका पनि छैनन् । सामाजिक सञ्जालमा यो जोडीले खुलेर प्रेम व्यक्त गरिरहेका हुन्छन् ।
अनु र सविनको जोडीले दुई चलचित्रमा स्क्रिन सेयर गरे । ‘आधी बाटो’ र ‘लक्ष्य’मा एक साथ अभिनय गरेका उनीहरूको लक्ष्य नै अन्ततः एकअर्कालाई पाउनु भएको छ । दुबै एकअर्काका परिवारसँग पनि निकट छन् ।
अनुले आफ्नो गर्धनमा सविनको नामको ट्याटु खोपेकी छन् । सविनले पनि एक-अर्कासँग छुट्टिनु नपरोस् भनेर अनुलाई ‘प्रमिस रिङ’ लगाइदिएका छन् । २०७४ सालमा अनु र सविनले काठमाडौं जिल्ला अदालतमा विवाह गरेको खबर सार्वजनिक भयो । तर उनीहरूले अस्वीकार गरे।
कोरोनाकालमा अनुले सिउँदोमा सिन्दूर भरेर टिकटक बनाइन् । पुनः उनीहरूको विवाहको चर्चा चल्यो । दुबैले विवाह नगरेको बताए । केही अनु र सविनले गुपचुप रूपमा विवाह गरेको बताउँदै आएका छन् । अनुले यो कुराको खण्डन गरेकी छन् । भन्छिन्, ‘हामी केही वर्षदेखि सँगै छौं । तर, बिहे भएको छैन । हाम्रो इन्गेजमेन्ट पनि भएको छैन । तत्काल विवाहको योजना पनि बनाएका छैनौं ।’
सविन र अनुको पहिलो भेट २०६८ सालमा भएको थियो । होलीको अवसरमा गरिएको फोटोसुटमा भेटिएका उनीहरू साथी हुँदै प्रेमी-प्रेमीका बनेका छन् । ४ वर्षदेखि सँगै बस्दै आएको यो जोडीको विहे हेर्न दर्शक आतुर छन् । सविनको सहयोगी भावनाबाट प्रेरित बनेकी अनुलाई वैवाहिक सम्बन्ध सुरु गर्न केले रोकेको हो ? दर्शकले प्रश्न गर्न सुरु गरेका छन् । कि उनीहरू निकट साथीहरूले भनेझैं विवाह गरेर पनि दर्शकसँग लुकाइरहेछ यो जोडी ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।