नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
५ दिनको उपचार सकेर नेपाल आज डिस्चार्ज भएका हुन् । नेपाल स्वास्थ्य लाभ गरेर अस्पतालबाट डिस्चार्ज भएको उनको निजी सचिवालयले जानकारी गराएको छ ।
अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने जनाइएको छ । चिकित्सकको सल्लाहअनुसार नै उनी केहीदिन घरमै आराम गर्नेछन्।
रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाल असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।