बझाङ कांग्रेसका निर्वाचन अधिकृत भन्छन्- भागेको होइन, अपहरण गरियो

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङमा खटिएका निर्वाचन अधिकृत चेतराज भट्टले आफूलाई अपहरण गरेको दावी गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले यस्तो दावी गरेका हुन् ।

मतदाता नामावली प्रकाशनपछि निर्वाचन नगराई भट्ट सम्पर्कविहीन भएको बताइएकाे थियो । आफू सम्पर्कविहीन नभएको भन्दै भट्टले मतदानस्थल खोज्न जाने क्रममा अपहरण गरिएको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म भागेको होइन । निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदासम्म मतदानस्थलको टुंगो थिएन । म आफैं मतदानस्थल खोज्न गएको छु । राति एघार बजे मलाई अपहरण गरियो, मोबाइल खोसियो र भनेबमोजिम नगरे मार्ने धम्की दिइयो ।’

उनले निर्वाचन बिथोल्ने षड्यन्त्रका मतियारहरूले आफूलाई अमानवीय व्यवहार गरेर असफल बनाएको दावी गरेका छन् । त्यस्तै उम्मेदवारी दर्ता वापतको शुल्क आफूसँग नरहेको पनि भट्टले स्पष्ट पारेका छन् । 

‘मैले एक रूपैयाँ पनि लिएको छैन । तपाईंहरूले पैसाको खटनपटन र जिम्मा दिएका व्यक्तिहरू तपाईंकै जिल्लाका र तपाईहरूसँगै छन् । उहाँहरूसँग हिसाब माग्नुहोला’, भट्टले फेसबुकमा लेखेका छन् ।

उनले आफूलाई मिथ्या आरोप लगाइएकोमा खण्डन गर्दै मतदाता नामावली प्रकाशनको प्रक्रियासम्म सहयोग गर्नेलाई धन्यवाद ज्ञापनसमेत दिएका छन् । 



निर्वाचन अधिकृत नै सम्पर्कविहीन भएपछि बझाङ कांग्रेसको जिल्ला अधिवेशन स्थगित भइसकेकाे छ ।




 

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १२:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया