फोर्ड नेपालद्वारा फोर्ड एभरेष्टको बुकिङ खुल्ला

नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोबाइल्स प्रा.लि. ले २.० लि. वाई– टर्बाे डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुला गरेको घोषणा गरेको छ । 

यसको सुरुवाती नेपाली मूल्य १ करोड ९९ लाख रहेको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने छ । 

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । 

परिवारसँगको यात्राका लागि फोर्ड एभरेष्टले एकदमै आरामदायी मानिन्छ । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ । जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ । यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउँछ । 

जि.ओ. अटोमोवाइल्स का प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, ‘फोर्ड एभरेष्टका साथ हामी प्रयोगकर्ताहरुलाई उत्कृष्ट क्षमता र क्लास लिडिङ्ग फीचर्स दुबैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउँदै छौं । एभरेष्ट मा भएको इनह्यान्स भ्यालु प्रोपोजिसन का कारण यो एसयूभी गाडी नयाँ ग्राहकहरुको पहिलो रोजाइ बन्नेछ भन्नेमा हामीलाई पूर्ण विश्वास छ ।’

फोर्ड एभरेष्ट मा सुन्दर अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइन ल्याम्प क्लस्टर डिजाइनको अल–एलइडी हेडल्याम्पस् छ । एलइडी हेडल्याम्पस् ले रातिको समयमा विशेष लो र हाई–बमी  दुबैमा २० प्रतिशत बढी प्रकाश दिन्छ ।
 





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १३:३०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया