भुक्तानी सेवा प्रदायक इसेवाले दसैँ–तिहारलाई लक्षित गर्दै विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ । योजनाअनुसार इसेवामार्फत घटस्थापनादेखि १० दिनसम्म कुनै पनि बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिनेछ ।
यस्तै, बम्पर उपहारमा १ सय रुपैयाँ स्कुटर योजनामा एकजना भाग्यशाली विजेताले स्कुटर जित्न सक्ने इसेवाले जनाएको छ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिनेछ ।
यस्तै, साप्ताहिक रूपमा एकजना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । सेण्ड मनि दसैँ क्याम्पेनमा ५ सय जनाले ५ सय र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै ५ सय रुपैयाँ डिजिटल दक्षिणा प्राप्त गर्नेछन् । साथै, फ्ल्यास अफरअन्तर्गत मोबाइल रिचार्ज कार्डमा १० प्रतिशत तथा ५० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिने इसेवाले जनाएको छ ।
यो योजना ४ देखि १३ अक्टोबरसम्म लागू हुनेछ । यस्तै, एयरलाइन्स योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एकजना भाग्यशाली विजेताले स्कुटर जित्न सक्ने छन् । यो योजना २८ देखि १२ अक्टोबरसम्म लागू हुनेछ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या झण्डै ५० लाख पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।