कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित

नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा ८७७ मत प्राप्त गरेर लामा निर्वाचित भएका हुन् ।

कुल एक हजार ३७३ मत खसेकोमा उनका निकटतम प्रतिद्वन्द्वी ताराकुमार खड्काले ४८५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

यसअघि पहिलो चरण बर्माले ६६८ मत, खड्काले ३९७ मत, रूद्र खड्काले ३५८ र केशव चौलागाईंले ९५ मत प्राप्त गरेका थिए । 

५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त नगरेपछि बढी मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो । 

बर्मालाई दोस्रो चरणको निर्वाचनमा चौलागाईंले समर्थन गरेका थिए । सभापति पदमा निर्वाचित बर्मा संस्थापनइतर समूह र खड्का संस्थापन पक्षका हुन् ।





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार २०:३२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया