नारायणगोपाल स्मृति सम्मान एलपी जोशीलाई प्रदान

२०७७ सालको नारायणगोपाल स्मृति सम्मान लक्ष्मीप्रसाद (एलपी) जोशीलाई प्रदान गरिएको छ । नारायणगोपाल संगीत कोषले सोमबार जोशीलाई उनकै निवास दमक पुगेर सम्मान प्रदान गरेको हो ।

जोशी झापाको दमकमा रहेर लामो समयदेखि लोकगीत–संगीतमा क्रियाशील छन् । नारायणगोपालको ३०औं स्मृति दिवसका अवसरमा सो सम्मान दिइएको हो । 

दार्जिलिङका संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्य र कोषका महासचिव दीपक केसीको अध्यक्षतामा भएको कार्यक्रममा जोशीलाई नगद २५ हजार रुपैयाँसहितको सम्मान प्रदान गरिएको हो ।

६ दशकदेखि नेपाली लोक संगीतमा क्रियाशील जोशीका रिटिङ रिटिङ नबजाऊ बिनायो, वल्लो खोलो पल्लो खोलोलगायत गीत चर्चित छन् ।





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार २१:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया