साहरुखका छोरालाई अदालतले दिएन जमानत

बलिउड अभिनेता साहरुख खानका छोरा आर्यन खानलाई त्यहाँको एक अदातले जमानतमा छाड्न अस्वीकार गरेको छ । योसँगै अब साहरुखका छोरा आर्यन कम्तिमा पनि ७ अक्टोबरसम्म प्रहरी हिरासतमा रहने भएका छन् ।

यसअघि आर्यनका वकिलले उनको च्याटका कारण मात्र उनी पक्राउ परेको भन्दै उनलाई छोड्नु पर्ने दलील पेश गरेका थिए । 

तर, अदालतले आर्यन पार्टीमा गएको, उनको साथबाट लागुऔषध पनि बरामद गरिएको र उनको च्याटमा उनले लागुऔषध ओसारपसार गर्ने व्यक्ति र किनबेच गर्ने व्यक्तिसँग च्याट गरेको देखिएको जनाएको छ । 

प्रहरीले पनि आर्यनसँग लागुऔषध नै बरामद गरिएको दाबी गरेको छ । उनीसँगै पक्राउ परेको अन्य आठ जनालाई पनि प्रहरीले तत्काल छाड्ने देखिँदैन ।





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार ६:५५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया