चोर र पुलिसको कथा टिजरमा

नेपाली कथानक चलचित्र ‘चोर र पुलिस’ ले प्रदर्शन प्रचार सुरु गरेको छ । प्रचारको सुरुवातमा चलचित्र युनिटले चलचित्रको टिजर रिलिज गरेको छ ।

यो वर्षको तिहारको अवसर पारेर कार्तिक १७ गतेबाट चलचित्र रिलिज हुने भएको छ । 

यो चलचित्रमा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रवि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहन्वी बस्नेत, कविता राय, सुलेमान शंकर इकुलगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्र आरएल मोक्तानले निर्देशन गरेका हुन् ।

चलचित्रमा आर सोनाम मोक्तान र लंका माया मोक्तानले सयुक्त रुपमा लगानी गरेका छन् । यो चलचित्रमा रामेश्वर हुमागाईंले छायांकन गरेका हुन् । विकास चौधरीको संगीत रहेको चलचित्रको दृष्य तारा थापा ‘किम्भे’ ले गरेका छन् ।





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार ९:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया