सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवाल शुक्रबार बेहुली बन्ने भएकी छन् । बडादसैंको दोस्रो दिन सुप्रिया निर्देशक सुदर्शन थापाकी बेहुली बन्ने भएकी हुन् ।
भदौ २८ गते सुदर्शनको जन्मदिनको अवसर पारेर इन्गेजमेन्ट गरेकी सुप्रिया यही असोज २२ गते वैवाहिक जीवनमा बाँधिदैछिन् ।
बालुवाटारस्थित एक होटलबाट अन्मिन लागेकी सुप्रियाले बिहीबार मेहन्दी कार्यक्रम राखेकी छन् । उनले आफ्ना नजिकका साथी तथा पत्रकारलाई विवाहको निमन्त्रणा पठाइसकेकी छन् ।
निर्देशक थापा र सुप्रिया करिब १ वर्षदेखि प्रेममा थिए । एक वर्षदेखिको प्रेमलाई वैवाहिक जीवनमा परिणत गर्न लागेका सुदर्शन र सुप्रिया दुबै उत्साहित छन् । उनीहरुले सीमित आफन्तलाई बोलाएर इन्गेजमेन्ट गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।