कमेडियन कलाकारप्रति आँचलको आक्रोश

अभिनेत्री आँचल शर्माले कमेडियनलाई कलाकारको व्यक्तिगत जीवनमा असर पार्ने कन्टेन्ट प्रस्तुत नगर्न आग्रह गरेकी छन् । 

सोमबार काठमाडौंको चन्द्रागिरीमा आयोजना भएको ‘बेष्ट म्युजिक हवार्ड २०२१’ मा सहभागी हुन पुगेकी आँचलले कमेडियनका कतिपय कन्टेन्टले कलाकारको जीवनमा असर गरेको बताइन् ।

उनले कलाकारका बारेमा कन्टेन्ट तयार पारेर व्यंग्य गर्दै गर्दा उनीहरुको घर परिवार र व्यक्तिगत जीवनमा पर्न सक्ने असरका बारेमा पनि सोच्नु पर्ने बताएकी हुन् । कन्टेन्ट तयार पार्दा नै कसैको व्यक्तिगत जीवनमा असर नगर्ने गरी तयार पार्न उनको आग्रह थियो ।

विवाह अघिका घटनाक्रमलाई कन्टेन्ट बनाएर बारम्बार प्रस्तुत गर्दा वैवाहिक जीवननै संकटमा पर्ने उनको संकेत थियो । अभिनेता पल शाह र आँचलको प्रेम सम्बन्धलाई लिएर विभिन्न कमेडियनले कन्टेन्ट प्रस्तुत गर्दै आएका छन् । 

‘कमेडी च्याम्पियन’ का प्रतियोगी सुन्दर खनालले उनै अतिथि बनेर गएका बेला पल र उनको सम्बन्धलाई लिएर कमेडी प्रस्तुत गरेका थिए । तत्काल हाँसेर टारेकी आँचलको मनमा उक्त कुरा बिझेर बसेको प्रष्ट पारेकी छन् ।

‘बेष्ट म्यूजिक हवार्ड २०२१’ मा आँचलले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरेकी थिइन् ।





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १२:८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया