पशुपति पुगेर अनुपम खेरले गरे शान्तिको कामना

बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपाल आएका बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथको दर्शन गरेका छन् । उनी मंगलबार बिहान पशुपतिनाथ दर्शनका लागि त्यहाँ पुगेका हुन् ।

पशुपति दर्शनका क्रममा उनले सबैको सुस्वास्थ्य तथा शान्तिको कामना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा भिडियो पोस्ट गर्दै भनेका छन्, ‘काठमाडौंको चर्चित पशुपतिनाथको मन्दिर दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिका लागि प्राथना गरेको छु । म धेरै खुसी छु ।’

अनुपमसँगै चलचित्र ‘उचाइ’ को छायांकनका लागि अन्य दुई कलाकार बोमन इरानी र परिणिती चोपडा पनि नेपाल आएका छन् । उनीहरु आइतबार काठमाडौं आइपुगेका हुन् । 

नेपाल आउने क्रममा हवाइजहाजबाट कैद गरिएको भिडियो पोस्ट गर्दै अनुपमले भनेका थिए, ‘स्तुपा र मन्दिरहरुको ठाउँमा आउन पाउँदा रमाइलो महसुस भैरहेको छ ।’

बलिउड चलचित्र ‘उचाइ’ को सोमबारबाटै छायांकन सुरु भएको बताइएको छ । यो चलचित्रमा नेपालका मनाङ, मुस्ताङ, लुक्ला लगायतका ठाउँमा छायांकन हुने भएको छ । करिब ४५ दिन यो चलचित्रको नेपालमा छायांकन हुने बताइएको छ । 





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १२:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया