ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यलाई हृदयघात भएको छ ।
आइसियूमा राखेर उनको उपचार भइरहेको दाजु तथा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले जानकारी दिए । उनको सहीद गंगालाल हृदय रोग केन्द्रमा उपचार भइरहेको हो ।
अध्यक्ष पुष्करलाई गएराति हृदयघात भएको हो । उनको अवस्था सुधार हुन नसकेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।