ताइवानकी राष्ट्रपतिको चीनलाई चेतावनी– सैन्य टकराव चाहँदैनौँ, देशको रक्षाको लागि जे पनि गर्छौं

ताइवानकी राष्ट्रपति त्साई इङ्ग–वेनले यदि चीनले आफ्नो देशमाथि कब्जा गरे यसको असर एसियाको शान्ति तथा लोकतन्त्रमा पर्ने बताएकी छन् । असर विनाशकारी हुने समेत उनले जनाएकी छन् । 

फरेन अफेयर्स पत्रिकामा प्रकाशित लेखमा राष्ट्रपति त्साईले भनेकी छन्, ‘ताइवान सैन्य टकराव चाहँदैन । तर आफ्नो रक्षाको लागि जे गर्न परे पनि गर्छ ।’ 

उनको यो लेख यस्तो बेला आएको छ जतिबेला चिनियाँ लडाकु विमानहरूले ताइवानको हवाई क्षेत्रको उल्लंघन गरिरहेका छन् । चीनले ताइवानलाई आफ्नो देशको एक हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ । 

पछिल्लो चार दिनमा लगभग डेढ सय चिनियाँ लडाकु विमानले ताइवानको वायु रक्षा क्षेत्रमा उडान गरेका छन् । यी उडानप्रति ताइवानले आपत्ति जनाइरहेको छ भने चीनले नियमित अभ्यास भएको बताएको छ । 

जापानले विवादलाई कूटनीतिक रुपमा सुल्झाउन चीन र ताइवानलाई अनुरोध गरेको छ । जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले उक्त अनुरोध गरेका हुन् । 

‘दुवै पक्षले यो समस्यालाई सम्वाद मार्फत शान्तिपूर्ण तरिकाले उल्झाउँछन् भन्ने हाम्रो विश्वास छ,’ तोशिमित्सुले भनेका छन् । 





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १७:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया