बाजुरामा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

बाजुरामा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मंगलबार राति नेपाली कांग्रेसको सम्पन्न मतदानपश्चात मतदानस्थल रहेको जिल्ला समन्वय समिति अगाडि झडप भएको हो। 

कांग्रेस कार्यकर्ताहरू मतगणना स्थलमा जान लाग्दा प्रहरीले रोक्न खोज्दा मंगलबार राति झडप भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र कांग्रेस कार्यकर्ताबीचको झडपमा केही घाइतेसमेत भएका थिए । झडपको स्थित बनेपछि मंगलबार रातिदेखि सुरु हुने भनिएको मतगणना सुरु हुन सकेको छैन ।

मंगलबार बेलुकी ६ बजे मतदान सकिएपश्चात राति ११ बजे देखि मतगणना सुरु हुने भनिए तापनि निर्वाचन समितिको बैठक बस्ने सल्लाह हुँदै गर्दा विवाद चुलिएको थियो। 

असोज १७ गते देखि सुरु भएको चुनावी माहोल तात्दै जाँदा असोज १८ गते मात्र मतदान भएको थियो । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले झडप नभएर सामान्य ठेलमेल भएको बताए । 

कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ । जिल्ला अधिवेशनमा कांग्रेसका १ हजार २१२ मध्ये १ हजार २०५ मत खसेकाे छ । सभापतिमा तीन जनाबीच कडा प्रतिस्पर्धा भएको कांग्रेस कार्यकर्ताहरूले जनाएका छन् ।
 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार ६:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया