रामायणमा ‘रावण’को भूमिका निर्वाह गर्ने अरविन्द त्रिवेदीको निधन

हिन्दी टेलिभिजन दूरदर्शनबाट प्रसारित हुने पौराणिक कार्यक्रम ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्ने अरविन्द त्रिवेदीको निधन भएको छ । 

त्रिवेदीको ८३ वर्षको उमेरमा मंगलबार राति आफ्नै घरमा निधन भएको हो । उनी लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्याबाट गुज्रिएका थिए ।

सन् १९८० को दशकमा प्रसारित भएको रामायण निकै लोकप्रिय टेलिसिरिज हो । संसारमा सबैभन्दा धेरै हेरिएको सिरिजको रूपमा रामायणले गत वर्ष रेकर्ड राखेको थियो।

त्रिवेदीले ‘विक्रम और बेताल’ मा पनि महत्वपूर्ण भूमिका निभाएका थिए । यसैगरी उनले गुजराती सिनेमामा पनि अभिनय गरेका थिए ।

गत मे महिनामा सामाजिक सञ्जालमा उनको निधन भयो भनेर अफवाह फैलिएको थियो । त्यो बेला रामायणमा लक्ष्मणको भूमिका निर्वाह गर्ने सुनिल लहरीले यस कुराको खण्डन गर्दै त्रिवेदी जीवितै रहेको बताएका थिए ।
 

 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार ८:२८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया