४० लाख मूल्य बराबरको औषधि सशस्त्र प्रहरीद्वारा बरामद

इलाममा सशस्त्र प्रहरीले करिब ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।

जिल्लाको सूर्योदय नगरपालिका-३ कट्टेबुङस्थित राजकुमार गोलेको घरमा अवैध रूपले ल्याई लुकाई  राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बराह बाहिनी  सुनसरीबाट गएको सशस्त्र प्रहरी नायब निरीक्षक आइन्द्र लिम्बुको  टोलीले उक्त औषधि बरामद गरेको हो ।

बरामद औषधि भन्सार कार्यालय पशुपतिनगरमा बुझाइको छ । 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १०:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया