सञ्चारमन्त्री होलान् त अतहर कमाल मुसलमान !

गठबन्धन सरकारको नेतृत्व दल नेपाली कांग्रेसले पाउने आठ मन्त्रालयमा सञ्चार मन्त्रालय पनि हो । हाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय ज्ञानेन्द्रबहादुर कार्कीले सम्हालेका छन् ।

तर, यो मन्त्रालयमा अतहर कमाल मुसलमानको ‘इन्ट्री’ हुने चर्चा छ । उनी कपिलवस्तुबाट कांग्रेसका समानुपातिक सांसद भएका हुन् ।
 
प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सञ्चारमन्त्री बनाउन चाहेको स्रोतले जनायो । 

२०७० को संविधानसभामा अतहर स्वतन्त्र सांसद थिए । त्यसबेला मुस्लिम आयोग गठनमा उनको सक्रियता थियो । 

सुशील कोइराला प्रधानमन्त्री हुँदा अतहरलाई मन्त्रीको ‘अफर’ भएको चर्चा पनि थियो । २०४६/०४७ तिरै उनी कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए । 
 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १०:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया