मन्त्री छान्नेबारे छलफल गर्दै कांग्रेसको पौडेल पक्ष

मन्त्री चयनबारे छलफल गर्न नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको छ । 

पौडेल निवास बोहराटारमा केहीबरेपछि बैठक बस्ने भएको नेता बलबहादुर केसीले बताएका छन् । 

‘हामी केहीछिनमा बैठक बस्दैछौं र बैठकमा मन्त्री चयनबारे छलफल गर्छौं’, उनले फरकधारलाई बताए । 

पौडेल पक्षले तीन मन्त्री पाउनुपर्ने माग गर्दै आएको छ । 

तर, सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मागे जति मन्त्री नदिने भएका छन् । 

कांग्रेसको भागमा आठ मन्त्रालय परेको छ । रक्षा, उद्योग, युवा तथा खेलकुदलगायत गरी चार मन्त्रालयका लागि मन्त्री छान्न कांग्रेसले बाँकी छ ।





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १४:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया