फेसबुकले मानिसलाई विभाजन र लोकतन्त्रलाई कमजोर बनाइरहेको छः कम्पनीकी पूर्वकर्मचारी

फेसबुककी एक पूर्वकर्मचारी फ्रान्सिस हाँगनले अमेरिकी सांसदहरुसँग फेसबुकले बच्चाहरुलाई नोक्सान पु¥याएको, मानिसहरुमा विभाजन ल्याउने काम गरेको र लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएकी छन् । 

फेसबुकमा प्रोजेक्ट म्यानेजरको रुपमा काम गरेकी ३७ वर्षीय हाँगनले अहिले ‘व्हिसलब्लोअर’को काम गरिरहेकी छन् । उनले क्यापिटल हिलमा चलिरहेको एक सुनुवाइमा फेसबुकको कडा शब्दमा आलोचना गरेकी हुन् ।  

पछिल्ला दिन फेसबुकलाई ‘रेगुलेट’ गर्ने माग विश्वभर बढीरहेको छ ।  

फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने फेसबुकमाथि लगाइएको आरोपलाई झुठ बताएका छन् । ‘यस्ता दाबीको कुनै अर्थ छैन । हामी प्रयोगकर्ताको सुरक्षा र मानसिक स्वास्थ्य जस्ता विषयमा निगरानी गर्छौ,’ जुकरबर्गले भनेका छन् । 

हाँगनले हालै सिबीएस न्यूजसँगको अन्तर्वार्तामा आफूले वाल स्ट्रिट जर्नलमा फेसबुकको आन्तरिक कागजपत्र सार्वजनिक गरेको बताएकी थिइन् । 

फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो । कम्पनीको अनुसार फेसबुकका मासिक २.७ अर्ब सक्रिय प्रयोगकर्ता छन् । करोडौंले कम्पनीको अन्य प्रोडक्ट ह्वाट्सएप र इन्स्टाग्रामको प्रयोग गर्ने गर्छन् । 



फेसबुकमाथि प्रयोगकर्ताको गोपनियता कायम गर्न नसकेको आरोप लाग्दै आएको छ । फेक न्यूज र गलत सूचनाको प्रचारप्रसार रोक्न पनि फेसबुकले काम नगरेकोमा आलोचना हुँदै आएको छ । 



  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १६:६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया