पानी भरिँदा यस्तो देखियो इन्द्रसरोवर (फोटो फिचर)

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्यान्हबाट जलाशयको सतह बढेर समुद्री सतहबाट १ हजार ५२९ दशमलव ९५ मिटर पुगेको  थियो । लगातार पानी परिरहँदा सतह घटेको छैन । 

पानीको सतह बढेसँगै बढी भएको पानी ड्याम्पसँगै रहेको द्वारबाट जाने क्रम सुरु भएको छ ।  कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख धीरेन्द्र चौधरीले जलाशय भरिन अब पाँच सेन्टिमिटर मात्र बाँकी रहेको बताउँदै जलाशयमा हावासँग उठ्ने छालका कारण बढी भएको पानी पोखिएर कुलेखानी खोलामा मिसिन थालेको जानकारी दिए । पानीको सतह बढ्ने क्रम जारी रहेको र जलाशय क्षेत्रमा थप वर्षा भएमा जलाशय भरिएर निस्कने पानी कुलेखानी खोलामा मिसिने भएकोले कुलेखानी खोला र बागमती नदीको सतहसमेत बढेर जोखिम बढ्ने उनले बताए । 

कुलेखानी खोला आसपासका  बस्ती नजिक बाढी, पहिरो र डुबानको सम्भावित जोखिम रहेको भन्दै पालिकाले नदी र खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संग्लन नगर्न र त्यस्तो क्षेत्रमा नजान सार्वजनिक सूचना जारी गरेको छ । इन्द्रसरोवर तालको तटमा रहेको होटल तथा रिसोर्ट डुबानमा परेका छन् । इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा प्रहरी र सेनाको टोलीले हुनसक्ने खतरालाई मध्यनजर गरेर उच्च सतर्कता अपनाएर तयारी अवस्थामा बसेको गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १८:३९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया