बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेशभर लागू हुनेगरी बढाइएको भाडा कार्तिक १ देखि लागू हुनेछ ।

प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक)को हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो ।

यसैगरी काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पनि भाडा वृद्धि भएको छ । जसअनुसार ५ किलोमिटर दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ कायम गरिएको छ । 

यातायात व्यवसायीको आन्दोलनपछि भाडा वृद्धि गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको छ।





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार २१:१०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया