कांग्रेस बझाङकाे सभापतिका लागि आज मतदान

नेपाली कांग्रेस बझाङकाे सभापतिसहित विभिन्न पदका लागि आज मतदान हुँदैछ। 

सदरमुकाम चैनपुरस्थित बाल मन्दिर क्षेत्रमा मतदानका लागि मतदाताहरू लाइनमा बसिसकेका छन् । मतदान आज बिहान आठ बजेदेखि बेलुकी पाँच बजेसम्म हुने भएकाे छ। 

मतदाता संख्या एक हजार ५८५ जना रहेकाे नेता दानबहादुर शुर्मेलीले फरकधारलाई बताए ।

सभापति पदमा खडगबहादुर बाेहरा र रमेशबहादुर भण्डारी उम्मेदवार छन् । 
दुवै जना पार्टीको संस्थापन पक्षका हुन् । तर, बाेहरालाई भने संस्थापनइतर पक्षकाे समर्थन छ । 

दुई उपसभापति पदमा कुमारजंग बहादुर सिंह, बर्खबहादुर राेकाय, भक्तराज जाेशी, मानबहादुर कडायत र हेमन्तबहादुर सिंहकाे उम्मेदवारी छ ।

दुई सचिव पदमा भने अहेन्द्रबहादुर शाही, उत्तमबहादुर राेकाय, झलकबहादुर कडायत र ज्ञानबहादुर सिंह तथा दुई सहसचिव पदका लागि उमाशंकर जाेशी, विनाेदबहादुर रावल, राजेन्द्रबहादुर धामी, राजेन्द्रबहादुर भण्डारी र रामबहादुर सिंह उम्मेदवार छन् ।



यही १५ असाेजमा आठौं जिल्ला अधिवेशन उद्घाटन भएकाे थियाे । १६ गते मनाेनयन दर्ता भएकाे र १७ गते मतदान हुने निर्वाचन कार्यतालिका रहेकाे थियाे ।

तर, निर्वाचन अधिकृत चेतराज भट्ट १६ गते रातिदेखि नै सम्पर्कविहीन भए । 
साेहीकारण निर्धारित कार्यतालिकाअनुसार मतदान हुन सकेन ।



त्यसपछि केन्द्रीय निर्वाचन समितिले उज्वलराम श्रेष्ठलाई निर्वाचन अधिकृतकाे रूपमा खटायाे । उनैले मतदान गराउन लागेका हुन् ।

  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार ८:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया